पर्वतमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, २२ वर्षीय युवक पक्राउ

काठमाडौं : पर्वतमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ।
जबरजस्ती करणी गरेको आरोपमा बिहादी गाउँपालिका–६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले अहिले बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ भने सँगसँगै अनुसन्धानलाई पनि अगाडि बढाइरहेको छ।
असार १०, २०८२ मंगलबार ११:४६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।