ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई होटल तथा रिसोर्टका सेवाहरूमा विशेष छुट उपलब्ध गराउने भएको छ।

बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल तथा रिसोर्टका सेवाहरूमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यस सम्बन्धमा ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रालिबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरूको सेवा उपभोग गर्दा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

आइएमई समूहको लगानीमा देशका विभिन्न पर्यटकीय स्थलहरूमा होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमा काठमाडौंको होटल ले हिमालय (लाजिम्पाट) र साके एण्ड फेङ्ग रेस्टुरेन्ट (लाजिम्पाट), बागलुङको इला कम्फर्ट, गैंडाकोटको इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइड रिट्रीट जस्ता स्थानहरू आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आरामदायी बसाइ र अविस्मरणीय अनुभवका लागि प्रख्यात छन्।

बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यस्ता समयसापेक्ष योजनाहरू ल्याएर लाभान्वित गर्दै आएको जनाएको छ।

असार १०, २०८२ मंगलबार १०:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।