८० रनमा समेटियो जापान, शुभम खनालले लिए पाँच विकेट

काठमाडौं : एसीसी पुरुष यु१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सस्तैमा समेटेको छ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो।
उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र अर्का खेलाडी गार्बी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि बायाँ हाते स्पिनर शुभम खनालले पाँच विकेट लिँदा फास्ट बलर अभय यादवले दुई तथा सुशिल बहादुर रावल र कप्तान विपिन प्रसाद शर्माले एक-एक विकेट हात पारे।
पहिलो खेलमा सिंगापुरलाई छ विकेटले पराजित गरेको नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
असार १०, २०८२ मंगलबार ०९:५५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।