जापानविरुद्ध नेपालले टस हार्यो

काठमाडौं : एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानविरुद्ध टस हारेर बलिङ गरेको छ। जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला फिल्डिङ गरेको हो।
प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन्। पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू–१६ टिम खेल्दैछन्।
प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ।
असार १०, २०८२ मंगलबार ०८:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।