संगठित सुन तस्करीमा जोडिएकी अमला सहजै दुई लाख धरौटीमा छुटिन्, अब सम्पत्ति शुद्धीकरणको हिरासतमा

संगठित सुन तस्करीमा जोडिएकी अमला सहजै दुई लाख धरौटीमा छुटिन्, अब सम्पत्ति शुद्धीकरणको हिरासतमा

काठमाडौं : चिनियाहरुसँग मिलेर संगठित रूपमा ६१ किलो सुन तस्करीमा संलग्न रहेर दुई वर्षसम्म फरार अमला रोकालाई काठमाडौं जिल्ला अदालतले दुई लाख धरौटीमा छाड्न आदेश दियो। दुई वर्षसम्म फरार रहेकी उनलाई इन्टरपोलको रेड कर्नर नोटिसका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

निकै गम्भीर र संगठित अपराधमा संलग्न देखिएकी उनलाई सोमबार जिल्ला अदालतले सहजै २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। तर उनी धरौटीमा छुटे लगत्तै सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परिन्। बेल्जियम नागरिक दावा छिरिङसहित मिलेर उनले लामो समयदेखि संगठित रूपमा सुन तस्करी गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनको श्रीमान् यही अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।

अमलाबारे सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान बाँकी रहेकाले उनी धरौटीमा छुटे पनि पक्राउ परिन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर सोमबारै विभागमा बुझाएको छ। 

असार ९, २०८२ सोमबार १८:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।