चितवन राइनोजले शरद भेषावकरसहित सात खेलाडीलाई हटायो, कुशल मार्कीका रूपमा कायमै

चितवन राइनोजले शरद भेषावकरसहित सात खेलाडीलाई हटायो, कुशल मार्कीका रूपमा कायमै

चितवन : नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि चितवन राइनोजले खेलाडीको सूची सार्वजनिक गरेको छ। 

क्लबले स्थायित्व, प्रतिभा र प्रतिस्पर्धात्मकता कायम राख्ने लक्ष्यसहित टोलीको पुनर्संरचना अघि बढाएको जनाएको छ।
चितवनले कुशल मल्ललाई मार्की खेलाडीका रूपमा कायम राख्दै अन्य पाँच खेलाडीलाई पनि कायमै राख्ने भएको छ। ग्रेड ए अन्तर्गत रिजन ढकाल र कमलसिंह ऐरी छन् भने ग्रेड बी मा दीपक बोहरा र अमरसिंह रौटेला रहेका छन्। साथै ग्रेड सी मा गौतम केसी रहेका छन्।

यसैगरि रिलीज सूचीमा शरद भेषावकर लगायत सात खेलाडी परेका छन्। टोलीले एनपीएल सिजन १ मा खेलेका सात खेलाडीलाई यस सिजनका लागि रिलीज गरेको छ। रिलीजमा पर्नेमा शरद भेषावकर, दिपेश श्रेष्ठ, बिपिन रावल, सन्तोष कार्की, रञ्जित कुमार र सलाउद्दिन खान रहेका छन्।

चितवन राइनोजले यी रिलीजमा पर्ने खेलाडीप्रति आभार व्यक्त गर्दै भविष्यको यात्राका लागि शुभकामना दिएको छ। 
प्रतिस्पर्धात्मक टोली निर्माणको लक्ष्यसहित चितवन राइनोज दोस्रो सिजनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

असार ९, २०८२ सोमबार १८:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।