निर्माता र निर्देशकका कारण कानुनी झमेलामा अनमोल, अदालतमा पर्‍यो रिट

निर्माता र निर्देशकका कारण कानुनी झमेलामा अनमोल, अदालतमा पर्‍यो रिट

काठमाडौं : अनुमति नलिई फिल्ममा आफ्नो मोबाइल नम्बर राख्दा मानसिक तनाव बढेको भन्दै फिल्म फर्की फर्की र यसका अभिनेता अनमोल केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। फिल्ममा अभिनेता अनमोलले अभिनेत्रीलाई मोबाइल नम्बर दिने दृश्यमा प्रयोग भएको मोबाइल नम्बर नरेन्द्रबहादुर श्रेष्ठको हो।

आफूलाई जानकारी नै नदिई फिल्ममा आफ्नो मोबाइल नम्बर प्रयोग गर्दा फोन आएर मानसिक तनाव बढाएपछि निर्माण टिमलाई यसबारे जानकारी गराउँदा समेत वास्ता नगरेको भन्दै सोमबार उनले क्षतिपूर्तिको दाबी गर्दै अदालतमा रिट दायर गरेका हुन्।

उनले केसीसँगै फिल्म निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङलाई समेत प्रतिवादी बनाएका छन्। गत वर्ष रिलिज भएको फिल्म 'फर्की फर्की' व्यवसायीक रूपमा असफल भएको थियो।

असार ९, २०८२ सोमबार १६:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।