विश्व कीर्तिमानी फोटोन टुनल्यान्ड जी सेभेन पिकअप नेपालमा सार्वजनिक

काठमाडौं : बहुप्रतिक्षित फोटोन टुनल्यान्ड जी सेभेन पिकअप गाडी नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको छ। एमएडब्लू वृद्धिले २०८२ असार ८ गते काठमाडौंको पुलचोकस्थित 'द प्लाजा'मा एक कार्यक्रम आयोजना गरी यो गाडी सार्वजनिक गरेको हो।
कम्पनीले फोटोन टुनल्यान्ड जी सेभेन लाई २३ दिनमा ८ वटा अग्ला र कठिन भूभाग पार गर्ने विश्वकै पहिलो पिकअप दाबी गरेको छ। १५ हजार किलोमिटर कठिन परीक्षणपछि यो गाडी नेपाली बजारमा ल्याइएको एमएडब्लू वृद्धिले जनाएको छ।
कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र फोटोन इन्टरनेशनलका अधिकारीहरूको उपस्थिति थियो। सिकारियाले विगत ५-६ वर्षमा १५०० भन्दा बढी फोटोन गाडी बिक्री गरिसकेको र जी सेभेन को मर्मत खर्च बजारका अन्य पिकअपको तुलनामा २० प्रतिशतसम्म कम हुने बताए।
नेपालको भूभाग सुहाउँदो भनिएको यो पिकअपमा १६० एचपी पावर र ३९० एनएम टर्क उत्पादन गर्ने २.० लिटर डिजेल इन्जिन जडान गरिएको छ। २२५ एमएमको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचरले कठिन बाटोमा सहज हुने कम्पनीको भनाइ छ।
सुरक्षा र सुविधाका लागि यसमा इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी लगायतका फिचरहरू उपलब्ध छन्।
फोटोन टुनल्यान्ड जी सेभेन तीन भेरियन्टमा उपलब्ध छ:
एलिट: ५१.९९ लाख रुपैयाँ
लक्जरी: ६५.४० लाख रुपैयाँ
फ्ल्यागशिप: ६९.९९ लाख रुपैयाँ
यो गाडी २.० लिटर डिजेल इन्जिन, ४x२ र ४x४ म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
असार ९, २०८२ सोमबार १४:०८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।