किभमा भएको नयाँ रुसी हवाई आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी : युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले युक्रेनी राजधानी कीभमा रातभर रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्।
सामाजिक सञ्जालमा यी आक्रमणहरूको बारेमा जानकारी दिँदै इहोर क्लिमेन्कोले लेखे कि यस आक्रमणमा आवासीय क्षेत्र, अस्पताल र खेलकुद पूर्वाधारलाई लक्षित गरिएको छ।
‘शेभचेन्केभ्स्की जिल्लामा रहेको एक अग्लो आवासीय भवनको सम्पूर्ण भाग भत्किएको छ र केही मानिसहरू अझै पनि भग्नावशेषमुनि फसेका छन्’, उनले भने।
किभ क्षेत्रीय प्रमुख माइकोला कलाश्निकका अनुसार आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
युक्रेनको आपतकालीन सेवा डीएसएनएसले किभमा दुई बालबालिका र एक गर्भवती महिलासहित जम्मा १३ जना घाइते भएको बताएको छ।
रुसी सेनाले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन।
असार ९, २०८२ सोमबार १३:१४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।