सुनकाे मूल्य यथावत,चाँदीकाे मूल्य बढ्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य यथावत रहँदा चाँदी तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९५ हजार २ सय रुपैयाँ कायम भयो।
चाँदीको मूल्य तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको दुई हजार एक सय ६० रुपैयाँ थियो।
असार ९, २०८२ सोमबार १२:१४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।