धनगढीमा ताल्चा लगाएको कोठामा युवती मृत फेला

धनगढीमा ताल्चा लगाएको कोठामा युवती मृत फेला

धनगढी : धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र एक युवती मृत फेला परेकी छन्। सोमबार बिहान घटना सार्वजनिक भएको हो।

मृत भेटिनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी बैयाबेहडीमा डेरा गरी बस्दै आएकी थिइन्। प्रहरीका अनुसार चौधरी अविवाहित थिइन्।

घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

असार ९, २०८२ सोमबार ११:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।