पत्रकार ढुङ्गेल ३३ हजार नगदसहित पुरस्कृत

काठमाडौँ : गोरखापत्र दैनिकका पत्रकार सरोज ढुङ्गेल पुरस्कृत भएका छन्। स्वास्थ्य क्षेत्रमा कलम चलाउने ढुङ्गेललाई आइतबार एक कार्यक्रमकाबीच ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत गरिएको हो। पुरस्कृत ढुङ्गेलले ३३ हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार पाए।
स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्य तिथिको अवसरमा आयोजित ‘शारदा सुदर्शन देवकोटा फाउन्डेसन’ले स्वास्थ्य पत्रकार मञ्च, नेपालको सहकार्यमा सो पुरस्कार प्रदान गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले ढुङ्गेललाई सम्मान गर्दै स्वास्थ्य पत्रकारिताको क्षेत्र फराकिलो रहेको भन्दै यो क्षेत्रमा कल चलाउने पत्रकारहरूले विषय वस्तुलाई राम्रोसँग केलाएर खबरदारी गर्नुपर्ने तर्क गरे। उनले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन समेत सुझाव दिए।
असार ८, २०८२ आइतबार २२:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।