भिजिट भिसाबारे छानबिन गर्न पाँच दिनभित्र समिति बन्ने

भिजिट भिसाबारे छानबिन गर्न पाँच दिनभित्र समिति बन्ने


काठमाडौं : एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे  छानबिन गर्न पाँच दिनभित्र समिति बन्ने दाबी गरेका छन्। उनले आइतबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भएको दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको दाबी समेत गरे।

उनले प्रतिनिधि सभामा विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध  रहेको र समिति बनाउन एक महिना नकुर्ने बताए।

‘आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ,’ उनले भने ‘गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ।’

असार ८, २०८२ आइतबार १९:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।