बहिनीको जन्मदिन मनाउन बोलाएर हत्या

बहिनीको जन्मदिन मनाउन बोलाएर हत्या

काठमाडौं : बहिनीको जन्मदिन मनाउन भनेर बोलाएर कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले विकास लामा लो,सुगन्द लामा, को सौगात क्षेत्री र निसान जिम्भालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले कृष्ण लामालाई बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकासले बहिनीको जन्म दिन मनाउन भन्दै असार ६ गते बेलुका बोलाएका थिए।

जन्मदिन मनाउन आएका उनलाई यी चार जना मिलेर कोठामा लगेर कुटपिट गरेर हत्या गरेको प्रहरीको दाबी छ। उनीहरू असार ७ मा पक्राउ परेका थिए। प्रहरीले चारै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेस गरेर पाँच दिनको म्याद लिएको छ।

असार ८, २०८२ आइतबार १९:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।