नेप्से इन्डेक्स २६ सय तल, ३२.९३ अंकले घटेर बजार बन्द

काठमाडौं : लगातार तीन कारोबारका दिन लगातार घटेको नेप्से आइतबार साताको पहिलो कारोबार दिन पनि परिसूचक ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा झर्यो।
आइतबार सेन्सेटिभ इन्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८५ अंकले घटेको छ।
गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ सय १० स्टकको ८७ हजार ३ सय २ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भयो।
आइतबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो। सो कम्पनीको शेयर मूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भयो।
त्यस्तै, यस दिन सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढ्यो। कारोबारमा आएको पियोर इनर्जीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा यस दिन दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
त्यस्तै, बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भयो। राधी विद्युत् कम्पनीको साढे ४९ करोडभन्दा बढीको शेयर किनबेच भयो।
आइतबार १३ वटै उपसमूहको परिसूचक घट्यो। जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घट्यो। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घट्यो। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घट्यो।
असार ८, २०८२ आइतबार १५:५६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।