प्रतिनिधि सभाको बैठकमा रोकिएन रास्वपाको वेल घेराउ

प्रतिनिधि सभाको बैठकमा रोकिएन रास्वपाको वेल घेराउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठकमा  अवरोध कायमै राखेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिनको माग गर्दै दुबै दलका सांसदहरूले बैठकको सुरुमै विरोध जनाए।

रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा राजनीतिक नाटक मञ्चन भइरहेको भन्दै आफुहरूलाई पनि त्यसको दर्शक बन्न बाध्य पारिएको बताए। उनले सदन केवल बहुमतको अंकगणितले मात्र नभइ विवेक र नैतिकताले चल्नुपर्ने भन्दै आक्रोश पोखे। 

शाहले बोलिसकेपछि सभामुखले सांसदलाई अगाडि बढाए लगत्तै रास्वपाका सांसदहरूले वेल घेराउ गरेका छन्। उनीहरूले एकअर्काको हात समाएर मानव साङ्लोको बनाएर उभिरहेका छन्।

असार ८, २०८२ आइतबार ११:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।