एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालले टस हारेर सिङ्गापुरविरुद्ध बलिङ गर्दै

काठमाडौं : मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ।
मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यससँगै नेपालले पहिला बलिङ गर्दैछ। एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्।
असार ८, २०८२ आइतबार ०८:५९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।