फुटबलर अञ्जिलाको बायोग्राफी फिल्मले सात हलमा सय दिन पार गर्‍यो

फुटबलर अञ्जिलाको बायोग्राफी फिल्मले सात हलमा सय दिन पार गर्‍यो

काठमाडौं नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ। सो फिल्म २०८१ फागुन २९ मा रिलिज भएको थियो।

यो फिल्मले काठमाडौंको क्युएफएक्सको सामाखुसीमा रहेको सिटीस्क्वायर मलकीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्सइटहरीको एलाइट सिनेमाबिर्तामोडको पाथीभरा सिनेप्लाजाचितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको एक सय दिन पूरा गरेको हो।

निर्देशक मिलन चाम्सले भने हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँत्यो आज पूरा भएको छ। खेलाडीको जीवनीमा आधारित फिल्मलाई दर्शकले दिनुभएको माया अमूल्य छयसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ।

उनले कप्तान सुब्बाको घर बनाउने सपना पूरा हुने र यसबारे चाँडै जानकारी दिने जानकारी दिए। फिल्ममा स्वयं कप्तान सुब्बाले नै मुख्य भूमिकामा अभिनय गरेकी छिन्। उनीसँगै चलचित्रमा दयाहाङ राईसिर्जना सुब्बाविजय बरालमाओत्से गुरुङप्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन्।

असार ७, २०८२ शनिबार २२:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।