लस एञ्जलसमा झडपपछि घटनास्थलमा पहरा दिइरहेका सिबिपी अफिसर

एजेन्सी : अमेरिकी अध्यागमन नीति विरुद्ध जारी प्रदर्शनबीच लस एञ्जलसको साउथ बेल क्षेत्रमा प्रहरी र स्थानियबीच झडप भएको छ। जब यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी) का अधिकारीहरूले एक स्थानीय स्टोरमा छापा मार्ने प्रयास गरे त्यतिबेला अवस्था तनावग्रस्त भएको थियो।
झडपपछि सुरक्षा अधिकारीहरू पछि हटे भने एक सिबिपी अफिसर ‘डजर्स’ लेखिएको जर्सीमा घटनास्थलमा पहरा दिइरहेको देखिएको थियो। एपीएफका फोटोग्राफर इटिएन लोरेन्टले खिचेका तस्वीरहरूमा यो दृश्य देखिन्छ।
यसैबीच, जुन १७ मा लस एञ्जलसका मेयरले एक साता लामो कर्फ्यू हटाएका छन्, जसले राति ८ बजेदेखि बिहान ६ बजेसम्म नागरिकको आवागमनमा रोक लगाएको थियो। कर्फ्यू लगाउने निर्णय प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडका कारण गरिएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन कारबाहीविरुद्ध लस एञ्जलसमा विरोध चर्किदै गएको छ। उनले सहरमा तैनाथ गरेका क्यालिफोर्निया राज्यका सैनिकहरूमाथि नियन्त्रण राख्न संघर्ष गरिरहेका छन्।
असार ७, २०८२ शनिबार २०:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।