‘मिस्टर महानगर’ विजेता कृषलाई पाँच लाख रुपैयाँसहित ट्रफी प्रदान

‘मिस्टर महानगर’ विजेता कृषलाई पाँच लाख रुपैयाँसहित ट्रफी प्रदान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनशीप’ का विजेता कृष महर्जनलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी प्रदान गरेका छन्।

काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका विजेता र खेल क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।

पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले शारीरिक सुगठनजस्ता खेलहरू स्वस्थ जीवनशैलीका लागि अत्यन्त उपयोगी भएको उल्लेख गरे। ‘स्वस्थ रहनु नै सबैभन्दा ठूलो सम्पत्ति हो,’ प्रधानमन्त्रीले भने, ‘निरोगी नेपाल बनाउने हाम्रो स्वास्थ्य नीतिको मूल लक्ष्यलाई पूरा गर्न यस्तो गतिविधिले ठूलो योगदान पुर्याउँछ।’ 

उनले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खालका खेलाडीहरूलाई सरकारले नगद पुरस्कारसहित प्रोत्साहन गर्दै आएको पनि जानकारी दिए। 

असार ७, २०८२ शनिबार २०:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।