चीनमा टेस्लाको पहिलो ग्रिड स्केल पावर स्टेशन बन्ने

चीनमा टेस्लाको पहिलो ग्रिड स्केल पावर स्टेशन बन्ने

एजेन्सी : टेस्लाले चीनको मुख्यभूमिमा पहिलो पटक ग्रिड स्केल पावर स्टेशन परियोजना निर्माण गर्न सम्झौता गरेको छ।

कम्पनीले शुक्रबार चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत परियोजनाको घोषणा गर्दै यसबारे जानकारी दिएको छ। यस परियोजनाले विद्युत ग्रिडको लचिलोपन बढाउनेछ र शहरी आपूर्तिमा देखिने दबाब कम गर्ने कम्पनीको दाबी छ। 

टेस्लाका अनुसार यो चीनकै अहिलेसम्मको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ। यस्तो परियोजनाले सौर्य र वायु उर्जाको बढी आपूर्तिका बेला ऊर्जा भण्डारण गरेर ग्रिडको स्थिरता कायम राख्न मद्दत पुर्याउनेछ। 

यस परियोजनाका लागि टेस्ला शाङ्घाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनी बीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो। 

सम्झौतामा चार अर्ब युआन  (अन्दाजी ५६ करोड अमेरिकी डलर) बराबरको लगानी हुनेछ। वासिङ्टन र बेइजिङबीच व्यापारिक सम्बन्ध तनावग्रस्त  भइरहेको अवस्थामा यो सम्झौता सम्पन्न भएको हो। 

असार ७, २०८२ शनिबार २०:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।