प्रतिनिधिसभामा रास्वपाको विरोध शैली : सत्ता पक्ष बोल्दा बाहिर, विपक्षीको पालोमा भित्र

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल चलिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अनौठो शैलीमा विरोध जनाइरहेका छन्।
सत्तापक्षका सांसदहरू बोल्न थालेपछि उनीहरू बैठक कक्षबाट बाहिरिन्छन् भने प्रतिपक्षी सांसदहरूको पालो आउँदा पुनः बैठकमा प्रवेश गर्छन्।
अघिल्लो बैठकसम्म विगतमा नीलो गलबन्दी बाँधेर विरोध जनाउने र वेल अगाडि पलेँटी कसेर धर्ना बस्ने शैली अपनाएको रास्वपाले आज फेरि फरक तरिका अपनाएको हो।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सत्तापक्षका सांसदहरूको मन्तव्य सुन्न आफूहरू इच्छुक नरहेको बताउँदै भने- ‘हामी सत्ता पक्षका सांसदले बोल्न थालेपछि बाहिरिन्छौं, तर संसद भवनभित्रै रहन्छौं। प्रतिपक्षले धारणा राख्न सुरु गरेपछि फेरि बैठकमा फर्किन्छौं,’।
विनियोजन विधेयकमाथि जारी छलफलमा रास्वपाले सत्ता र प्रतिपक्षप्रतिको व्यवहार फरक राख्दै सरकारप्रति आफ्नो असन्तुष्टि पोखिरहेको छ।
असार ७, २०८२ शनिबार १७:३०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।