सभामुखले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको रास्वपा सांसद ढकालको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन्।
शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए।
उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए। उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए।
‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं। पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन्,’ उनले भने।
‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ। यथास्थितीमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन्। तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ। जनताको आवाज बोल्ने कोशिसमा छौँ,’ उनले भने,‘ यसैविचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो। जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ। नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छ्राँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन।’
असार ७, २०८२ शनिबार १४:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।