प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।
बैठकको सुरूमै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यति ठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्।
जनताले भोगिरहेको यति ठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्।
त्यसपछि राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन्।
सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरूले होहल्ला गरेका छन्।
सभामुखले सदन अगाडि बढाएर मन्त्रालयगत छलफल अगाडि बढाएपछि रास्वपा सांसदहरूले नाराबाजी गरे भने राप्रपा सांसदहरूले बैठक बहिष्कार गरे।
असार ७, २०८२ शनिबार १३:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।