इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकलाई भारतीय दूतावासले मद्दत गर्ने

एजेन्सी : इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई इरानबाट निकाल्न पनि मद्दत गर्ने भएको छ।
नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई उद्धार गर्न लागेको त्यहाँस्थित भारतीय दूताबासले आफ्नो एक्स पोस्टमा जानकारी दिएको छ।
इरानस्थित भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा, भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई उद्धार गर्न पनि मद्दत गर्नेछ।’
भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
यसबाहेक, भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई सहयोगका लागि टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ।
असार ७, २०८२ शनिबार ११:५२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।