दोस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमद्वारा दीपेन्द्र र आरिफसहित छ खेलाडी रिटेन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।
टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीका रुपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ। दिपेन्द्रबाहेक टोलीले अनुभव र निरन्तरतालाई ध्यानमा राख्दै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि कायमै राखेको छ।
उता टोलीले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरेको छ।
पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो।
असार ७, २०८२ शनिबार १०:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।