इरानले भन्यो- इजरायली आक्रमण नरोकिएसम्म आणविक कार्यक्रमबारे वार्ता हुँदैन

एजेन्सी : इरानले आक्रमण भइरहेसम्म आफ्नो आणविक कार्यक्रममा वार्ता पुनः सुरू नगर्ने बताएको छ।
यो बयान यस्तो समयमा आएको हो जब इजरायलका रक्षामन्त्रीले इरानसँग लामो द्वन्द्वको चेतावनी दिएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलले आक्रमण बन्द गरेमा मात्र इरानले वार्ता गर्ने बताए।
उनले इरानको आणविक कार्यक्रम पूर्णतया शान्तिपूर्ण रहेको र इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानूनको विरुद्ध रहेको पनि दोहोर्याए।
अब्बास अरघचीले भने, ‘हाम्रो रक्षा क्षमतामा कुनै सम्झौता नहुने स्पष्ट पार्न चाहन्छु।’
यसैबीच, इजरायली सेना प्रमुख इयाल जामिरले एक भिडियो सन्देशमा इजरायल लामो लडाईको लागि तयार हुनुपर्ने भन्दै अगाडि ‘कठिन दिनहरू’ रहेको बताएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार जेनेभामा युरोपेली नेताहरूसँग भेट गरे। यस भेटमा युरोपेली नेताहरूले उनलाई आणविक कार्यक्रममा अमेरिकासँग वार्ता पुनः सुरू गर्न अपील गरे।
यसैबीच, दुई देशबीचको द्वन्द्व जारी छ। इजरायली सेनाले इरानको क्षेप्यास्त्र अड्डाहरूमा अर्को ठूलो आक्रमण गरेको जानकारी दिएको छ।
असार ७, २०८२ शनिबार १०:३२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।