रास्वपाको महामन्त्री बने कविन्द्र, प्रवक्ताको जिम्मेवारी मनिषलाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ।
शनिबार विहान बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ।
बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो। रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रूपमा रहेका थिए।
असार ७, २०८२ शनिबार ०९:२९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।