नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी हस्तान्तरण

उदयपुर : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था सुदृढ पार्ने उद्देश्यले सीसीटीभी प्रणाली हस्तान्तरण गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले चौदण्डीगढी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका उप-मेयर श्री मनिका देवी दुलाललाई उक्त सीसीटीभी क्यामेराहरू हस्तान्तरण गरे।

सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। बैंकले समुदाय स्तरमा यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय समयमा गर्दै आइरहेको जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

असार ७, २०८२ शनिबार ०७:४९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।