वीरगञ्ज नाकाबाट ११ महिनामा १ अर्ब ८४ करोडका दुई हजार ३८५ विद्युतीय सवारी आयात

वीरगञ्ज नाकाबाट ११ महिनामा १ अर्ब ८४ करोडका दुई हजार ३८५ विद्युतीय सवारी आयात

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य बराबरका कुल दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, यो अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयातमा वृद्धि भएको बताए।

‘यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,’  उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ।’

कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, आयात भएका सवारीसाधनमा २७ करोड ११ लाख मूल्य बराबरका ५० किलोवाट क्षमताका १९३ वटा जीप, कार र भ्यान तथा १३ करोड ४२ लाख मूल्य बराबरका ५१ देखि १०० किलोवाट क्षमताका ५० वटा जीप, कार र भ्यान रहेका छन्।

त्यसैगरी २४ करोड ७५ लाख मूल्य बराबरका १०० देखि २०० किलोवाट क्षमताका ३६ वटा जीप, कार र भ्यान तथा ४० करोड ७८ लाख मूल्य बराबरका एक हजार ७०१ वटा विद्युतीय मोटरसाइकल रहेका छन्।

असार ७, २०८२ शनिबार ०७:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।