स्कटल्याण्डले नेपाललाई दियो १ सय ९४ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो १ सय ९४ रनको लक्ष्य

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो।

ओपनर जर्ज मन्सीले ३९ बलमा ७८ रन बनाए भने ब्रण्डन मकमलनले ४२ रनको योगदान दिए। नेपालका लागि कुशल मल्लले २ विकेट लिए। सन्दीप, ललित र रुपेशले समान १ विकेट झारे।

नेपाल ३ खेलमा २ जितसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड १ जितसहित तेस्रोमा। नेपाल आजको खेल जिते च्याम्पियन बन्छ। 

असार ६, २०८२ शुक्रबार २१:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।