पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पक्राउ

पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पक्राउ

काठमाडौँ : भ्रष्टाचारको आरोपमा पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई शुक्रवार पक्राउ गरेको हो। श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन्।

दुवै जनामाथि विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भनेर आयोगमा उजुरी परेपछि छानबिनका लागि दुवै जनालाई केन्द्रबाट गएको टोलीले वीरगन्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो।

असार ६, २०८२ शुक्रबार २०:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।