बीपी राजमार्गमा १५ दिन बेलुका सवारी चलाउन नपाइने

बीपी राजमार्गमा १५ दिन बेलुका सवारी चलाउन नपाइने

काठमाडौं : स्थानीय प्रशासनले बीपी राजमार्गको खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्डमा १५ दिनसम्म राती  मालवाहक बाहेक सवारी चलाउन रोक लगाएको छ।  शुक्रवार  काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेर बेलुका सवारी चलाउनु जोखिमपूर्ण रहेको भन्दै १५ दिन मालवाहक बाहेक अन्य सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो। 

निर्णय अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन। समितिले काठमाडौँबाट जाने सवारी काभ्रे भन्ज्याङमा रोक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको छ।

गत वर्षको बर्खाले सो क्षेत्रको सडकमा क्षती पूर्याएको थियो। अहिले पनि पुरै मर्मत हुन सकेको छैन। बर्खायाम शुरु भइसकेकाले राती सार्वजनिक र निजी सवारी चलाउन अनुमतीदिँदा क्षती हुनसक्ने जोखिम रहेकाले १५ दिनका लागि राती सवारी आवागमन रोकिएको हो।

असार ६, २०८२ शुक्रबार २०:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।