‘सिप मेला २०८२’ मा नेपाल लाइफ इन्स्योरेन्सको साझेदारी

‘सिप मेला २०८२’ मा नेपाल लाइफ इन्स्योरेन्सको साझेदारी

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘सिप मेला २०८२’ मा संस्थागत साझेदारका रूपमा सहभागिता जनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मेलामा सहकार्य गरेको हो।

मेलाको उद्देश्य सिपविहीन युवालाई सीप सिकाउने र सिप भएकालाई अझ दक्ष बनाउने हो। १० विधामा ३७ प्रकारका निःशुल्क तालिमहरू दिइँदैछ। मेला रोजगारी र आत्मनिर्भरतामा जोड दिँदै काठमाडौंको समृद्धि लक्ष्यमा केन्द्रित छ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले युवालाई सशक्त बनाउने अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। मेलाले युवा सशक्तीकरण, सिप विकास र स्वरोजगारमा सहयोग पुर्यादउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सिप मेला विशेषगरी काठमाडौंमा बसोबास गर्ने बेरोजगार, करदाता, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारबाट फर्किएकालाई लक्षित गरी सञ्चालन भइरहेको छ। तालिमहरू तीन सिफ्टमा दैनिक सञ्चालन भइरहेका छन्।

नेपाल लाइफले हाल देशभर ३० लाखभन्दा बढी बीमितहरूलाई सेवा दिँदै आएको छ। ग्राहक लक्षित सेवा थप गर्दै जाने कम्पनीको प्रतिबद्धता छ।

असार ६, २०८२ शुक्रबार १९:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।