टस हारेर बलिङ गर्दै नेपाल, करणलाई विश्राम दिँदा टिममा रिजनको इन्ट्री

काठमाडौं : स्कटल्यान्डमा जारी टी-२० आई सिरिजको अन्तिम खेलमा नेपाल टस हारेर बलिङमा उत्रिएको छ। ग्लास्गोमा स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।
नेपालले टिममा एक परिवर्तन गर्दै करण केसीको सट्टा रिजन ढकाललाई समेटेको छ। दुवै टोलीको लक्ष्य सिरिज जित्ने रहेको छ।
नेपाल ३ खेलमा २ जितसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड १ जितसहित तेस्रोमा। नेपाल आजको खेल जिते च्याम्पियन बन्छ।
आज नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।
असार ६, २०८२ शुक्रबार १९:४९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।