सरकारको मनसुन आपतकालीन योजना : रातीमा राजमार्ग बन्द, पहिरो खसेको ठाउँमा ३ दिनमा मर्मत

काठमाडौं : नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउन सबै तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप-महानिर्देशक एवं प्रवक्ता ई.प्रभात कुमार झाले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको दाबी गरे।
उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको तत्कालै उद्धार गर्नेगरी तयारी भएको बताए। हरेक राजमार्गको अवरोध हटाउन देशभर २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं। बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरु दुई वर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं। सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’उनले भने।
‘उच्च जोखिम भएको बेला प्रशासनबाट पनि उद्धार हुन्छ। राजमार्गहरु रातिको समयमा पनि बन्द गर्नुपर्ने हुन्छ। अहिले डाइर्भसनबाटै सबै काम भइरहेको छ। पहिलाको भन्दा व्यवस्थित डाइभर्सन भइरहेको छ। पहिलेकै अवस्थामा आउन अझै दुई वर्ष लाग्छ। तर अहिलेचाहीँ जोखिमलाई कम गर्न डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं। पहिरो खसेको ठाउँमा तीन दिनभित्र मेन्टिनेन्स गरिसक्छौं। जहाँ जतिबेला जे पर्छ मेकानिकल तयार छन्। सबै स्थानमा हामी तयारी अवस्थामा छौं,’उनले भने।
असार ६, २०८२ शुक्रबार १८:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।