जितको ह्याट्रिकसहित च्याम्पियन बन्ने नेपालको लक्ष्य, हारको बदला लिने दाउमा स्कटल्यान्ड

जितको ह्याट्रिकसहित च्याम्पियन बन्ने नेपालको लक्ष्य, हारको बदला लिने दाउमा स्कटल्यान्ड

काठमाडौं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपाल आज घरेलु टिम स्कटल्यान्डविरुद्ध निर्णायक भिडन्तमा उत्रिँदैछ। स्कटल्यान्डलाई हराए नेपाल च्याम्पियन बन्नेछ जसले टिमको मनोबललाई टी-२० विश्वकप छनोटअघि झनै उच्च बनाउनेछ।

ग्लास्गोस्थित खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। हालसम्म तीन खेलमा दुई जित र एक हार व्यहोर्दै ४ अंकसहित नेपाल शीर्ष स्थानमा छ भने स्कटल्यान्ड एक जित र दुई हारसहित दुई अंकमै सीमित छ। दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले ४ अंक जोडेपनि रनरेटको आधारमा नेपाल भन्दा पछि छ। नेदरल्यान्ड्सले ४ खेलमा दुई जित र दुई हार व्यहोरेको छ। 

सिरिजको पहिलो भेटमा नेपालले स्कटल्यान्डलाई ९७ रनमै समेटेर दुई विकेटको जित निकालेको थियो।

हिजो मात्र नेदरल्यान्ड्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याउँदै नेपालले ६ विकेटको सहज जित निकालेको थियो। यसकारण पनि नेपाली खेलाडीमा आत्मविश्वासमा देखिएको छ। कुशल भुर्तेलको पुनरागमनले ओपनिङ बलियो बनेको छ भने डेब्यु खेलमै चम्किएका भीम सार्की र आरिफ शेखले मध्यक्रम सुधारेका छन्।

यता स्कटल्यान्ड पनि जित्नैपर्ने दबाबमा छ। स्कटल्यान्ड पनि हारको बदला लिने उदेश्यसहित मैदानमा उत्रिने छ। 

असार ६, २०८२ शुक्रबार १८:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।