लागत अनुमानभन्दा झन्डै दोब्बर रकम खर्चिएर बनेको ‘ओभर पास’ लाई ७ तस्विरमा हेरौं

लागत अनुमानभन्दा झन्डै दोब्बर रकम खर्चिएर बनेको ‘ओभर पास’ लाई ७ तस्विरमा हेरौं

ललितपुर : ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ‘ओभरपास’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि फ्लाइओभर सवारीका लागि खुला गरिएको हो।

सुरुमा करिब १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको उक्त योजनाको लागत झन्डै दोब्बर ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँमा पुगेर सम्पन्न भएको हो।

उपत्यकाको ट्राफिक चाप व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको यो ओभरपासले विशेषगरी ग्वार्को क्षेत्रको सवारी जाम हटाउने अपेक्षा गरिएको छ। फ्लाइओभर निर्माणले ललितपुर हुँदै भक्तपुर र काठमाडौं जोड्ने सडक सञ्जाललाई पनि सहज बनाउने विश्वास लिइएको छ।

असार ६, २०८२ शुक्रबार १७:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।