ट्राफिक प्रहरी प्रमुखले गरे ग्वार्को स्थित ‘ओभर पास’को उद्घाटन

ट्राफिक प्रहरी प्रमुखले गरे ग्वार्को स्थित ‘ओभर पास’को उद्घाटन

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्को स्थित ‘ओभर पास’को उद्घाटन गरेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे।

शुक्रबार उनले उक्त ‘ओभर पास’ उद्घाटन गरेका हुन्। उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ। 

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

असार ६, २०८२ शुक्रबार १७:२६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।