हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ग्रामीण कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
बिहिबार कुविण्डे दुग्ध संकलन केन्द्रमा आयोजित उक्त कार्यक्रममा केन्द्रमा आवद्ध करिब २० जना कृषकको सहभागिता रहेको थियो। कार्यक्रममा बीमाको आवश्यकता, प्रयोग, फाइदा र स्थानीय तहमा पाइने निर्जीवन बीमाका विकल्पहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना बढाउँदै उनीहरूको जोखिम व्यवस्थापनमा पहुँच विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर सुधारमा बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, बीमा कम्पनीहरूले दाबी प्रक्रिया अझ सरल र सहज बनाउँदै जनस्तरसम्म बीमाको पहुँच पु(याउनु आवश्यक रहेको धारणा व्यक्त गरे।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी दिनहरूमा अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
असार ६, २०८२ शुक्रबार १७:०८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।