‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अन्तर्गत इनड्राइभमा राइडरलाई कारदेखि स्मार्टफोन जित्ने मौका

‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अन्तर्गत इनड्राइभमा राइडरलाई कारदेखि स्मार्टफोन जित्ने मौका

काठमाडौं : इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि अझ परिष्कृत रूपमा ल्याइएको यो क्याम्पेन इनड्राइभका चालकहरूको परिश्रम र समर्पणप्रति सम्मान जनाउन सुरु गरिएको कम्पनीको दाबी छ। 

क्याम्पेनमा चालकहरूले ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल र स्मार्टफोन, स्मार्टवाच, इयरबड्स जस्ता हाई–एन्ड ग्याजेटहरू जित्न सक्नेछन्। जुन १६ देखि २२ सम्ममा कम्तीमा ३५ राइड पूरा गरी प्लेटिनम स्ट्याटस  प्राप्त गर्नुपर्ने।

जुन २३ देखि जुलाई १३ सम्म विक्ली च्यालेन्जेज  सुरु हुनेछ। जहाँ हरेक हप्ता पुरस्कार जित्न सकिनेछ। तीनै हप्तामा प्लेटिनम स्ट्याटस मेन्टेन गर्ने चालकहरू ग्रान्ड प्राइज जित्न योग्य हुनेछन्।

इनड्राइभ साउथ एशियाका रिजनल ड्राइभर अपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभ भन्छन्, ‘चालकहरू इनड्राइभको सफलताको जग हुन्। उनीहरूको परिश्रमको कदर गर्न यो अभियान ल्याइएको हो।’

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जिमी राई ले भनिन्, ‘हामीले वाचा गरेअनुसार यो एक विशाल गिभ अवे हो। हाम्रा चालकहरूको समर्पण र सेवा भावनालाई सम्मान गर्न ल्याइएको यो अभियानबाट कोही पनि खाली हात फर्कने छैन।’ 

असार ६, २०८२ शुक्रबार १५:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।