ओली, देउवा र दाहालसहितका शीर्ष नेताहरू सिंहदरबारमा

ओली, देउवा र दाहालसहितका शीर्ष नेताहरू सिंहदरबारमा

काठमाडौं : तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ। 

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएको बताइएको छ। 

असार ६, २०८२ शुक्रबार १५:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।