काभ्रेको रोशी खोलामा फसेका ५ जनाको सकुशल उद्वार

काभ्रे : काभ्रेको रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्वार गरिएको छ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको बिहिबार सकुशल उद्वार गरिएको हो।
ढुंगा संकलनमा गएका उनीहरू खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए। उनीहरूले प्रयोग गर्दै गरेको १ वटा जे.सि.बी. र १ वटा टिपर समेत फसेको थियो।
सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भिमसेना के.सी.को कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोली उनीहरूको उद्वारमा खटिएको थियो।
असार ६, २०८२ शुक्रबार १४:५३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।