मनसुन प्रणाली देशभर फैलियो

मनसुन प्रणाली देशभर फैलियो

काठमाडौं : यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो।

यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो। 

मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन्। ‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव  छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ’, उनले भने, भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।’ 

असार ६, २०८२ शुक्रबार १४:२६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।