प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यसूची हट्यो, रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं : प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम हटाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको हो।
अवरोध कायमै भएपछि सभामुखले कार्यक्रमलाई कार्यसूचीबाट हटाएपछि पनि बजेटमाथिको छलफललाई निरन्तरता दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने मागसहित प्रतिपक्षी दल रास्वपाले संसद अवरुद्ध र राप्रपाले बहिष्कार गर्दै आएको छ।
यद्यपि आज भने दुवै पार्टीले बैठक बहिष्कार गरेका छन्। यसअघिको बैठकको सुरुवातमा रास्वपा सांसदहरुलाई बोल्न दिए पनि प्रधानमन्त्री उपस्थित आजको बैठकमा भने सभामुखले रास्वपा सांसुदहरुलाई बोल्नका लागि माइक दिएनन्।
असार ६, २०८२ शुक्रबार १२:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।