काठमाडौंमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा हट्यो, तर समन्वय अनिवार्य

काठमाडौंमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा हट्यो, तर समन्वय अनिवार्य

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक स्थानमा भेला, जुलुस, प्रदर्शन लगायतका विरोध कार्यक्रम गर्न यसअघि जारी गरेको निषेध आदेश हटाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै २०७९ साल जेठ १८ गते जारी गरिएको आदेश हाललाई कायम नरहेको जानकारी दिएको हो।

राजावादी प्रदर्शन बढ्दै गएपछि जेठ १८ गतेको आदेश मार्फत् चक्रपथ र चक्रपथभित्रका केही स्थान तथा तोकिएका स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न रोक लगाइएको थियो।

नयाँ सूचना अनुसार, अब त्यस्ता कार्यक्रम जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गर्न सकिनेछ। यसको अर्थ निषेधाज्ञा पूर्ण रूपमा नहटे पनि प्रशासनसँग समन्वय गरेर सार्वजनिक स्थानमा विरोधका कार्यक्रम गर्न बाटो खुलेको छ।

असार ६, २०८२ शुक्रबार १२:१८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।