प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह, सन्तोष परियारले के भने?

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह, सन्तोष परियारले के भने?

काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका छन्।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए।

सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताएको छ। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ।

प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन्।

सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ।

असार ६, २०८२ शुक्रबार १२:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।