राहुल विश्वकर्माद्वारा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि कब्जा

काठमाडौं : एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जितेका छन्।
उनले कुल २१-अन्डर २६७ स्कोर गर्दै नेपालका नम्बर एक प्रो गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधि हात पारे। यो सिजन राहुलको दोस्रो उपाधि हो। यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए।
प्रो तर्फ भुवन नगरकोटी १९-अन्डर २६९ स्कोरसहित पहिलो भए र ३ लाख रुपैयाँ नगद जिते। एमेच्योर सदभाव आचार्य १८-अन्डर २७० स्कोरसहित एमेच्योरतर्फ दोस्रो भए।
साबिक विजेता सुबाश तामाङ १५-अन्डर २७३ स्कोरसहित चौथो भए। प्रोतर्फ दोस्रो भएका उनले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गरे।
भुटानका एमेच्योर निम दोर्जी तामाङ १४-अन्डर २७४ स्कोरसहित पाँचौं स्थानमा रहँदै एमेच्योरतर्फ तेस्रो भए।
धरानका निरज तामाङ १०-अन्डर २७८ स्कोरसहित छैटौं भए र प्रोतर्फ तेस्रो हुँदै १ लाख २५ हजार नगद जिते। उनी सिजनकै सर्वोत्कृष्ट खेलाडी बन्दै ८ लाख ६७ हजार ५ सय रुपैयाँसहित अर्डर अफ मेरिटमा शीर्ष स्थानमा रहे।
अन्य प्रमुख स्थानमा रहेका खेलाडीहरू:
दिनेश प्रजापति: ९-अन्डर २७९, प्रो चौथो, नगद १ लाख ५ हजार
शुक्रबहादुर राई: ८-अन्डर २८०, प्रो पाँचौं, नगद ९२ हजार
सञ्जय लामा र वाङ्चेन ढोन्डुप: ३-अन्डर २८५, संयुक्त नवौं स्थान
प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरी ५५ गल्फरले भाग लिए। चार दिने प्रतियोगिताको पुरस्कार राशी १६ लाख रुपैयाँ थियो। शनिबार ‘प्रो-एम’ प्रतियोगिता आयोजना हुनेछ, जसमा ३० प्रो र १२० एमेच्योर गल्फर सहभागी हुनेछन्।
असार ६, २०८२ शुक्रबार ०८:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।