अष्ट्रेलियाले बन्द गर्यो इरानको दूताबास

अष्ट्रेलियाले बन्द गर्यो इरानको दूताबास

एजेन्सी : अष्ट्रेलियाले इरानको राजधानी तेहरानस्थित दूतावास अस्थायी रुपमा बन्द गरेको छ। इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थाको कारण देखाउँदै अष्ट्रेलियाले यस्तो कदम चालेको हो।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले भने, ‘वर्तमान परिस्थितिमा कन्सुलर सेवाहरू प्रदान गर्ने हाम्रो क्षमता अत्यन्तै सीमित छ। हवाई क्षेत्र बन्द नै छ।’

अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिइसकेको छ।

पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारी तैनाथ गरिएको बताइन्। विदेशमन्त्रीले अष्ट्रेलियाली राजदूत हाल तेहरानमा नरहने समेत स्पष्ट पारे।

इरानमा रहेका कम्तीमा १५ सय अस्ट्रेलियाली नागरिक र उनीहरूका परिवारले देश छोड्न मद्दत खोजेका छन्।

असार ६, २०८२ शुक्रबार ०७:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।