नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ७५ रनको लक्ष्य

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १ सय ७५ रनको लक्ष्य दिएको छ।
टस जितेर बलिङ रोजेको नेपालविरुद्ध नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर माइकल लेविटले ५३ बलमा ८६ रनको प्रभावशाली इनिङ खेले। उनी शतकबाट १४ रनले चुके। रोइलेफ भान डर मिर्वोले ३६ रन र आर्यान दत्तले १७ रनको योगदान दिए।
नेपालका करण केसीले २ विकेट लिए भने सन्दीप लामिछानेसहित ४ बलरले १-१ विकेट लिए।
भीम सार्कीले यो खेलमार्फत टि-२० आईमा डेब्यु गरे। नेपालले सिरिजको अन्तिम खेल शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ।
असार ५, २०८२ बिहीबार २१:३१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।